काठमाडौं– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट विनियोजन गरेको छ ।
सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कर्णाली सरकारले कोभिड नियन्त्रण र उपचारका लागि मात्रै ८७ करोड ४१ लाखभन्दा बढी बजेट छुट्याएको छ । राहत, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्थानीय तहलाई १८ करोड २० लाख रुपैयाँ छुट्याएको छ ।
मन्त्री ज्वालाका अनुसार कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारका लागि स्थापित व्यवस्थापन कोषमा प्रदेश सरकारको तर्फबाट ५० करोड र विभिन्न संस्थाबाट २ करोड २४ लाख ३५ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको छ ।
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।