साेमबार मात्र सुदूरपश्चिममा भारतबाट १५ सय बढी आए

सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ–आफ्ना देश आउने जाने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार साँझसम्म कञ्चनपुरको गड्डा चौकी नाकाबाट ५३० नेपाली भित्रिएका छन् भने ३० जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएकाछन् । आईतबारको तुलनामा भारत जानेको संख्या ह्वत्तै घटेकोछ ।

त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको संख्या सोमबारकोे तुलनामा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टका अनुसार गौरीफन्टा नाकाबाट आईतबार एक हजार ८३४ जना भित्रिएकोमा सोमबार एकहजार ४३ जना भित्रिएका छन् ।

त्यसैगरी उक्त नाकाबाट १३५ भारतीय नागरिक बाहिरीएका छन् । यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको संख्या करिब एक लाख पन्ध्र हजार पुगेकोछ भने बाहिरीनेको संख्या सोह्रहजार बढी पुगेको छ ।

नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको ब्यवस्था गरी उद्धार गरेकाछन् । भारतबाट दैनीक नेपाली भित्रिए संगै स्थानीय तहका क्वारेनटाईन समेत भरीभराउ भएकाछन् । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा बसेर परिक्षणपछि मात्र घर जानपाउने ब्यवस्था गरिएकोछ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार २२:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया