सेभिया लेभान्टेसँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा सेभिया लेभान्टेसँग १–१ गाृलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा आफ्नै गल्तीका कारण सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो ।


पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलका दोस्रो हाफको शुरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।


निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात् ८७ औं मिनेटमा डिएगो कार्लाेसले आत्मघाती गोल गरेपछि सेभिया जितबाट वञ्चित बन्न पुग्यो । त्यसपछि दुवैतर्फबाट केही राम्रा प्रयास भए पनि थप गोल हुन नसक्दा सेभियाले ३ अंक गुमाउन बाध्य बन्यो ।

 
बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ भने लेभान्टे ३५ अंकसहित एक स्थान माथि अर्थात् १२औं स्थानमा रहेको छ ।


गएराति नै भएको अर्काे खेलमा रियल बेटिस र ग्रानाडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।


बराबरीसँगै ग्रानाडाले भिल्लारियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस भने १३औं स्थानमा यथावत छ ।
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार ८:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया