एनसेलका डेटा र भ्वाइस प्याक सहज रुपमा  लिन  सकिने
खल्ती, प्रभु–पे र युनी–पे वालेटबाट सिधै प्याक किन्ने सुविधा एनसेलका आधिकारिक  विक्रेताले पनि डेटा र भ्वाइस प्याक दिने

 


एनसेलका ग्राहकले सजह रूपमा डिजिटल वालेट र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोबाइल वालेटसँग साझेदारी गरेको छ  भने आफ्ना खुद्रा विक्रेतालाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।
विविध सेवा तथा सुविधाको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको जनाएको छ । सहकार्यसँगै यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् । 
शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वावालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।
‘एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन तयार छ,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, ‘डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी सेवा प्रदान गर्नु ग्राहकका लागि कम्पनीले दिएको  सुविधा हो ।’
ग्राहकले एनसेलका आधिकारिक खुद्राविक्रेता, खल्ती, प्रभु–पे र युनी–पेमार्फत करसहितमात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येकदिन ३०० एमबीका दरले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहितमात्र रु. ४९८.८३ मा १५,००० एमबी डाटा लिन सकिन्छ । यो प्याकमाग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।
डेटा सेवाको आवश्यकता बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६ सय एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२ सय एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्धहुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने एनसेलले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १३:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया