एनआईसी एशिया बैंकको नयाँ योजना
सम्पूर्ण ऋणीलाई ब्याज तथा नवीकरण शुल्कमा छुट


ग्राहकलाई सुविधा तथा सहुलियत दिने उद्देश्यले एनआईसी एशिया बैंकले ग्राहकलाई सहुलियत दिने उद्देश्यले नयाँ योजना सञ्चलन गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले ब्याज तथा ऋण नवीकरण शुल्कमा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।  
योजनाअन्तर्गत ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत छुट दिइने बैंकको भनाइ छ ।

कोरोनाको महामारीबाट बैंकका ऋणीलाई परेको असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ्ग अभ्यासलाई मजबुद असार महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क  छुट दिने बैंकले जनाएको छ ।  

बैंकले ल्याएको नयाँ योजनाअन्तर्गत नेपाल राष्ट्र बैंकले तोेकेको २ प्रतिशत ब्याज छुटका साथै यस बैंकबाट कर्जा सुविधा लिनुभएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम  असार मसान्तसम्म चुक्ता गर्दा कर्जाको ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने बताएको छ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने ब्याज शुल्क र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था गरेको बैंकले जनाएको छ । 
हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा लिएका ग्राहकको हकमा भने विद्यमान व्यवस्थाअनुसार नै ब्याजदर कायम रहने बैंकले जनाएको छ । कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकको भनाइ छ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जामा लागू हुने बताइएको छ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको छ । हाल बैंकले  देशभर ३२६ शाखा, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा प्रदान गर्र्दै आइरहेको छ । 
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १४:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया