आइएमई लिमिटेडको ‘आइएमई घरमै’ योजना


आइएमई लिमिटेडले घरमै बसेर १ लाख रपैयाँ जित्न सकिने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनमा घरबाहीर ननिस्की गरिने रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न ‘आईएमई घरमै’ योजना सार्वजनिक गरेको हो ।
 
जेठ ३१ गतेबाट सुरू “आइएमई घरमै” योजनाअनुसार आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । 
सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्मका लािग लागु गरिएको कम्पनीले जानकारी जनाएको छ । स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीको भनाइ छ ।
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १४:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया