चीन र भारतबीच बढ्दो तनावः तीन कारण

भारतीय सेनाले भारत–चीन सीमा लद्दाखको गलवान घाटीमा सोमबार राति भएको दुई देशका सेनाबीच हिंस्रक झडपका अनुसार एक सैन्य अधिकारी र दुई सैनिक जवनाको निधन भएको जनाएपछि विश्वभर यसले नयाँ तरंग पैदा गरेको छ । सेनाका अनुसार यो झडपमा दुवै देशका सैनिकहरु हताहत भएका पनि छन् । दुवै देशबीच अहिले सीमाबीच ठूलो तनाव उत्पन्न भएको छ । 

आखिर किन यी दुई देशबीच तनावको वातावरण उत्पन्न भएको छ त ?

यसका लागि अलिक पहिले देखिको इतिहासलाई हामीले सम्झनु पर्ने हुन्छ । 

क्राइस्ट जन्मिएको ५ सय वर्षअघि चीनको नामचीन फौजी जनरल सुन जु ने ‘द आर्ट अफ वार’ नामको किताबमा लेखेका छन्, ‘युद्धको सबैभन्दा राम्रो कला भनेको त्यो हो जतिबेला कुनै लडाइँविना नै दुश्मनलाई पराजित गर्न सकिन्छ ।’

सयौँ वर्षपछि पनि अहिले चीनमा यो किताबको प्रसंग निकालिन्छ । अनि चीनमा अहिले युद्धको विषयमा चाणक्य नीतिलाई पनि फलो गरिएको छ । 

तर, भारत–चीनबीच यो लडाइँमा यसको खास अर्थ के छ त ?



भारत र चीनबीच सीमा रेखालाई एलएसी भनिन्छ । यो सन् १९६२ पछिको वास्तविक स्थिति हो । 

यो रेखामा यसपटक यी दुई देशबीच अप्रिलको तेस्रो सातामा नै द्वन्द्व सुरु भएको थियो । ‘त्यहाँ चिनियाँ सैनिकको संख्या निकै ठूलो देखिएको थियो र उनीहरुको ट्रक पनि निकै धेरै देखिएका थिए,’ भारतीय रक्षा मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले लेखेका छन् ।



मे महिनामा पनि त्यहाँ चिनियाँ सैनिकको गतिविधि बढेको मानिन्छ । चिनियाँ सैनिकले लद्दाखमा सीमाको निर्धारण गर्ने र त्यहाँ गस्ती गर्ने क्रम बढ्न थाल्यो । 

यसलाई निकै गम्भीर भन्दै भारतीय सेनाध्यक्ष नरावणे त्यहाँ पुगेका थिए ।

यही विषयमा थाहा पाएपछि चीनले पनि विशेष परिस्थितिलाई उत्पन्न गराउन थालेको छ, चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई तयार रहन मंगलबारमात्र पनि निर्देशन दिएका थिए ।

यहीबीच दिल्लीमा पनि भारतीय सेनाका प्रमुखहरुले बैठक गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंह तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भइरहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत केही दिनअघि आफू चीन र भारतबीचको सीमा विवदामा मध्यस्थता गर्न तयार भएको बताएका थिए ।

सन् २०१७ मा डोकलाम क्षेत्रमा भारतीय तथा चिनियाँ सैनिकबीच झडप हुन थालेको थियो । त्यति बेला निकै धेरै भिडियोहरु भाइरल पनि भइरहेका थिए । कयौँ दिनपछि यी विवाद आफैं अन्त्य भएका थिए ।

त्यसो त भारत र चीनबीचको सीमामा भएका विवादहरु वर्षौ पुराना हुन् । अनि यसका तीन प्रमुख कारण देखिन थालेका छन् ।

र, यसको पहिलो कारण स्पष्ट छ, सामरिक । यी दुई देशका सेनाबीच यसमा निकै ठूलो प्रतिस्पर्धा हुँदै आएको छ ।

अहिले यी दुई देशबीच त्यही ठाउँमा तनाव उत्पन्न भएको छ, जहाँ सन् १९६२ मा पनि एउटा युद्ध भइसकेको थियो । अनि चीनले त यो युद्धमा आफूले बाजी मारेको पनि बताउँदै आएको थियो ।

यी दुई देशबीचको यो तनावको अर्को कारण हुनसक्छ, सीमामा द्रुत गतिमा भइरहेको भवन निर्माण । भारतमा रक्षाबारे जानकार मानिने अजय शुक्लाले भनेका छन्, ‘यसको कारण त्यहाँ बनिरहेको सडक पनि हुनसक्छ ।’

त्यहाँ भारतले शियोक नदीबाट दौलत बेग ओलडीसम्मको सडक निर्माण गरेको थियो । त्यसैले पनि यो कुरा चीनलाई चित्त बुझेको थिएन । 

भारतीय स्थल सेनाका पूर्वप्रमुख जनरल विपी मालिक चाहिँ यी दुई देशबीच अहिले त्यहाँ उत्पन्न भएको विवादमा अर्को पनि कारण देख्छन् । ‘चिनियाँ सेनाको एउटा तरिका विस्तारै विवादित क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनु पनि हो,’ उनले भनेका छन्, ‘भारतले त्यहाँ विकास गरेर पहुँच बढाएसँगै चिनियाँ सेना रुष्ट भएको हुनसक्छ ।’

यी दुई देशबीच त्यहाँ विवाद बढ्नुको अर्को कारण पनि रहेको छ, आर्थिक कारण । 

विश्वको अर्थतन्त्र अहिले निकै कमजोर बनिसकेको छ, कोरोना महामारीका कारण । यही समयमा भारतले पछिल्लो समय एउटा निर्णय गरेको छ– विदेशी लगानीका लागि अब भारतमा पहिले सरकारसँग अनुमति लिनु पर्ने हुन्छ । यसका कारण चीन अहिले भारतसँग रुष्ट भएको पनि भारतीय विश्लेषकहरुले बताउन थालेका छन् ।

भन्न त पछिल्लो समय भारत र चीनका विश्लेषकहरुले भन्न थालेका छन्– भारत र चीन एकअर्काका लागि अब अवसर हुन्, खतरा होइनन् । तर, पछिल्लो समय सीमामा देखिएका गतिविधिका कारण प्रष्ट हुन सकिन्छ, यी दुई देशबीचको तनाव थप बढ्ने निश्चित छ ।

  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १५:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया