भारत–चीन सीमा विवादः झडपामा पाँच चिनियाँ सैनिक मारिएको रिपोर्ट

भारत–चीन सीमा पूर्वी लद्दाखमा भएको दुई देशका सैनिकबीचको झडपमा तीन भारतीय सेनाको निधन भएको छ । गलवान घाँटीमा भएको यो झडपमा अब चिनियाँ सैनिक पनि मारिएको रिपोर्ट आउन थालेको छ । 

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सकी रिपोर्टरका अनुसार भारतीय सेनाले पाँच चिनियाँ सैनिकको मृत्यु भएको बताएका छन् । 

दुवै सेनाको तर्फबाट फायरिङ भएको बताइएको छ ।

ग्लोबल टाइम्सकी रिपोर्टर वांग वेनवेनले ट्विटमा भनेकी छिन्, ‘चीनका पाँच सैनिक मारिएको र ११ सैनिक घायल भएको बताइएको छ ।’ तर, उनले दुवै देशका सेनाबीच गोली हानाहान नभएको तर झडप भएको चाहिँ बताएकी छिन् ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १५:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया