म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ खेलाडीले अन्तिम सफाइ पाए

काठमाडौं– म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ खेलाडीले अन्तिम सफाइ पाएका छन् । यसअघि उनीहरुले विशेष अदालतबाट सफाइ पाएका थिए । 

मंगलबार सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

उनीहरुमाथि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो । २०७२ साल असोजमा कप्तान सागर थापासहित खेलाडीलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएको थियो । उनीहरुलाई २०७५ जेठमा विशेष अदालतले म्याच फिक्सिङसम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । 

म‌ंगलबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुलाई सफाइ दिएको हो । 
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १६:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया