काठमाडौं– सर्वोच्चका दुई न्यायाधीशबीच राय बाझिएको छ ।
जसपाकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका हेमराज थापालाई रिहा गर्ने विषयमा न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालबीच राय बाझिएको हो ।
गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थापाको रिहाइको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।
अब सो रिटको सुनुवाइको लागि तीनजना न्यायाधीशको इजलासमा पेस हुने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।