भारत छिर्न लागेकी सरिता गिरीलाई सुरक्षाकर्मीले फर्काइदिए

सिराहा– नेपालले जारी गरेको नयाँ नक्साबारे असहमति राख्दै आएकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी माइती देश भारत प्रवेश गर्न लाग्दा उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका छन् । 

उनले भारत प्रवेश गर्न निकै प्रयास गरे पनि सफल नभएपछि लाहानतर्फ फर्किएको सुरक्षा स्रोतको भनाइ छ । गिरी मंगलबार दिउँसो तीन बजे चालक र गाडीसहित सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । 

सुरक्षागार्ड समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रवेश गर्न लागेकी थिइन् । प्रहरीले लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै फर्काएको हो । 
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १७:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया