काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ लाख ५५ हजार कित्ता सार्वजानिक निष्कासन आइपिओ बिक्री गर्न लागेको छ । असार १० गते निष्कासन हुने आइपिओका लागि छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिन्छ ।
४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीका लागि, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको छ । यो लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो कित्ताको आइपिओ हो ।
सर्वसाधारणले प्रतिसेयर एक सय रुपैयामा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओ बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ लाख रहेको छ । आइपिओ निष्कासन बाँडफाँट पश्चात उक्त पुँजी १ अर्ब ४८ करोड पुग्ने कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।