मेसी र फातीको गोलसँगै बार्सिलोना विजयी

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सुमन फाती तथा कप्तान लियोनल मेसीले १ –१ गोलको योगदान दिए ।

खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जुनयर फ्रिपोको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

६९ औं मिनेटमा  लेगानेसका डिफेन्डले मेसीलाई लडाए । त्यसपछि पाएको पेनाल्टीलाई  मेसीले नै गोलमा परिणत गर्दै टोलीलाई २ –० को जित दिलाएका हुन् ।

तीन महिनापछि पुनः सुरु भएको लगातार दुई जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दुरी ५ मा पु¥याएको छ ।

बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोड्दा एक खेल कम खेलेको  रियलको ५९ अंक छ ।



पराजय बेहोरेको लेगानेसको भने रेलिगेसनको खतरा बढेर गएको छ । लेगानसले २९ खेल खेल्दा मात्र २३ अंक जोड्न सकेको छ र अंक तालिकाको अन्तिम स्थानमा छ ।

गए रातिनैै भएका अन्य खेलमा रियल बेटिस र ग्रानाडाले २–२ तथा गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दा भिल्ला रियलले मलोर्का मथि १–०को जित निकाल्यो । 




 

  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार ७:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया