गण्डकी प्रदेशमा बुधबार २१ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टी भएका छन् । प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टी भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।
आज थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमण हुने मध्य नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष तथा मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।