पत्रकार महासंघले मिडिया हाउसहरुलाई भन्यो, ‘पत्रकारलाई जागिरबाट निकाल्न बन्द गर’

नेपाल पत्रकार महासङ्घले कोरोनाभाइरसको कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न विभिन्न सञ्चार गृहलाई आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो ।

कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासङ्घले एक साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासङ्घलाई गराउनसमेत आग्रह गरेको छ ।

एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै सङ्घ–संस्थामा अपिल गरेको छ ।
 





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १३:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया