अस्पतालसँग समन्वय गरेर मात्र बिरामी रिफर गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए ।

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चारवटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा.अधिकारीले बताए ।





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १४:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया