एजेन्सी– भारतीय र चिनियाँ सेनाबीच सोमबार लद्दाखमा भएको हिंसात्मक झडपप्रति संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन भनिएको छ ।
मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरिएको हो ।
गत सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दै विज्ञप्ति दुई देशबीच तनावलाई कम गर्न पछिल्ला दिनमा पुनः प्रयास सुरु हुनुलाई पनि सकारात्मक रुपमा लिएको उल्लेख छ ।
लामो समयदेखि आमनेसामने भएका तिनियाँ सेना र भारतीय सेनाबीच सोमबार भएको झडपमा भारतका एक अधिकृतसहित २० जना सैनिकको मृत्यु भएको छ । चिनियाँ पक्षले भने हताहतीको विवरण सार्वजनिक गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।