नेपालमा बुधबार हालसम्मकै उच्च कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकारसम्मेलमा दिइएको जानकारीअनुसार बुधबार ५ सय ८६ जना संक्रमित थपिएका हुन् ।
यीसहित नेपालम कुल संक्रमित ७ हजार १७७ पुगेका छन् । पछिल्लो २४ घन्टामा ९ जना कोरोनामुक्त भएका छन् ।
प्रवक्ता गौतमका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये १ सय १२ महिला र १ हजार ५५ पुरुष छन् ।
नेपालमा कोरोनबाट हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।