के लद्दाखमा चिनियाँ सैनिक मारिएका छैनन् ? चिनियाँ विदेशमन्त्रालयले दियो जवाफ

सोमबार भारत र चीनबीच पूर्वी लद्दाखमा भएको झडपका कारण अहिले चीन र भारत दुवै एकअर्कालाई आरोपप्रत्यारोप मात्र लगाइरहेका छैनन्, दुवै देशले यसलाई समाधान गर्न प्रयास गर्ने पनि बताइरहेका छन् । 

अर्कोतिर, चीन र भारतबीच भएको यो झडपमा २० सैनिक मारिएपछि भारतमा प्रतिपक्षसहित निकैले सरकारमाथि प्रश्न गरेका छन् । भारतीय मिडियाले सरकारी अधिकारीको दाबी भन्दै झडपमा चिनियाँ सैनिक पनि मारिएको बताएका छन् । 

तर, के साँच्चिकै घटनामा चिनियाँ सैनिकको पनि मृत्यु भएको छ ? 

यसबारे चीनले अब आधिकारिक धारणा राखेको छ । 

चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले सोधेको थियो– कति जना चिनियाँ सैनिक मारिएका हुन् ?

यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भनेका छन्, ‘यसलाई दुवै देशले हल गर्ने प्रयास गरिरहेका छन् । मसँग अहिले यस्तो कुनै जानकारी छैन जुन म यहाँ जारी गर्न सकूँ । अहिले पनि दुवै देशले वार्ताबाट विवाद सुल्झाउने प्रयास गरिरहेका छन् र त्यहाँ शान्ति स्थापना गर्ने प्रयास गरिरहेका छन् ।’





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ८:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया