पर्वतमा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार उनीहरुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण हुनेमा कुस्मा नगरपालिका र फलेबास नगरपालिकाका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जना छन् ।
कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर प्रयोगशालाले जनाएको छ ।
त्यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक पुरुषमासमेत कोरोना पुष्टि भएको छ ।
बिहीबार बिहान मात्रै गण्डकी प्रदेश निर्देशनालयले मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित थपिएको सूचना सार्वजनिक गरेको थियो ।
पर्वत पनि गण्डकी प्रदेशका १० जिल्लामध्ये एक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।