गण्डकीमा ३४ जना कोरोनाभाइरस संक्रमित थपिए, एकैदिन ७६ जनामा संक्रमण

गण्डकी प्रदेशमा आज थप ३४ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङजा, पर्वत, तनहुँ, बागलुङ र नवलपरासीमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि आज बिहानै गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा मनाङका एक कर्मचारीसमेत छन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

गण्डकीमा आज मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन् ।

  
 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ११:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया