एजेन्सी– चर्चित फुटबलस्टार लियोनल मेसी र फुटबल क्लब बार्सिलोनाबीचको सम्झौता अर्को वर्ष सकिँदै छ । बार्सिलोनाको सो सम्झौता सकिनुअगावै मेसीसँग नयाँ सम्झौता गर्ने भएको छ ।
बार्सिलोनाले मेसीसँग सन् २०२३ सम्मका सम्झौता गर्न लागेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । त्यसका लागि मेसी पनि तयार रहेको बताइएको छ ।
मेसी सन् २००४ मा बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा आएका हुन् । मेसीले बार्सिलोनाका लागि ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग लगायत धेरै उपाधि जिताइसकेका छन् ।
मेसी क्लबका लागि धेरै खेल खेल्ने खेलाडी र क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले हालसम्ममा आफ्नो करियरको ६९९ गोल पूरा गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।