राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभामा पेस गरेको विनियोजन विधेयक २०७७ (बजेट) बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाबाट सन्देशसहित गएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको हो ।

विधेयकको पक्षमा बहुमत सदस्यले हात उठाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

त्यसअघि केही सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए । उनीहरुको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक असार शुक्रबार बिहान ११ बजे बस्नेछ ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १७:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया