असार ७ भित्रै कर बुझाउन बैंकहरु सहमत

काठमाडौं– नेपाल बैंकर्स संघमा आबद्ध वाणिज्य बैंकहरु असार ७ भित्रै कर बुझाउन सहमत भएका छन् । आन्तरिक राजश्व विभागले सो अवधिभित्र कर बुझाउन निर्देशन दिएको थियो । 

अर्थ मन्त्रालयको आग्रहमा बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेका हुन् । यद्यपि, यो निर्णय बाध्यकारी छैन । संघले बैंकहरुलाई समयमै कर तिर्न आग्रह गरेको हो । 

आन्तरिक राजस्व विभागले सुरुमा असार २५ सम्ममा कर बुझाउन निर्देशन जारी गरेको थियो । तर, असार ३२ सम्म लकडाउन भएका कारण असहज अवस्थामा कर तिर्न नसकिने भन्दै व्यवसायीले विरोध जनाएपछि सरकारले म्याद थप गरेर कर तिर्ने म्याद असार ७ गतेसम्म पुर्याएकाे थियो । 

सरकारको निर्देशनविरुद्ध परेको रिटमा आदेश दिँदै सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनाभित्र कर तिर्न पाउने आदेश दिएको थियो । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया