प्रधानमन्त्रीले राष्ट्रिय सभामा भने– कोरोना रुघाखोकीजस्तै हो, हाच्छ्युँ गरेर तातोपानी खाएर उडाइदिऊँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल राख्न आग्रह गरेका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने बताए । 

कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने उल्लेख गर्दै उनले भने, ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

नेपालीहरुको रोगप्रतिरोधात्मक क्षमता पनि बढी भएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने दाबी गरे । 

नेपालीहरुमा असाधारण रोगप्रतिरोधात्मक क्षमता रहेको दाबी गर्दै ओलीले औषधिजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १८:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया