राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् । 

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट सर्वसम्मत पारित सो विधेयक राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् । जसपाकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकविरुद्ध संशोधन प्रस्ताव राखेकी थिइन् । 

प्रक्रिया नपुगेको भन्दै सभामुखले उनको प्रस्ताव फिर्ता पठाएपछि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित सो प्रस्तावलाई विहीबार राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुर्याइएको थियो ।  

अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशाना छापमा नेपालको नयाँ नक्सा रहनेछ । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १९:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया