रियल म्याड्रिडको सहज जित

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले सहज जित हात पारेको छ । रियलले भ्यालेन्सियामाथि ३–० को जित निकालेको हो ।

रियलको बैकल्पिक मैदान स्टाडियो अलफ्रेडो डे स्टेफानोमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जेमाले २ तथा मार्को एसेन्सियोले १ गोलको योगदान दिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले तीनैै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ६१ औं मिनेटमा इडेन हजार्डको पासमा गोल गर्दै बेन्जेमाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ७४ औं मिनेटमा एसेन्सियोले रियलको अग्रतालाई दोब्बर बनाए । उनले फेर्लान मेन्डीको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ८६ औं मिनेटमा एसेन्सियोले उपलव्ध गराएको पासलाई गोलमा परिणत गर्दै बेन्जेमाले रियललाई ३–० को सहज जित दिलाए ।



लि कान इनले ८९ मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया अन्तिमका केही मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ अन्तमा झारेको छ ।



रियलले २९ खेलबाट ६२ अंग जोड्दा समान खेल खेलेको बार्सिलोनाको ६४ अंक छ ।

पराजय बेहोरेको भ्यालेन्सिया समान खेलबाट ४३ अंकको साथमा ८ औँ स्थानमा यथावत छ ।

गएराति नै भएको खेलमा एलाभेजले रियल सोसिडाडमाथि जित हासिल गरेको छ ।

घरेलु मैदान मेन्डिजोरोगामा भएको खेलमा एलाभेजले २ –० को जित निकालेको हो ।

एलाभेजका लागि खेलको ५६ औं मिनेटमा बोर्जा साइन्ज तथा ९० औं मिनेटमा मार्टिन अगुइरेगाबिरियाले गोल गरेका थिए ।

जित हात पारेको एलाभेज २९ खेलबाट ३५ अंक जोडेर १२ औं स्थानमा रहँदा पराजित रियल सोसिडाड समान खेलबाट ४७ अंकका साथ छैटौँ स्थानमा छ । 


 
 

  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार ७:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया