कोरोनाभाइरस महामारीका कारण कुवेत, ओमान र मलेसियामा अलपत्र परेका ४५५ नेपाली बिहीबार नेपाल आइपुगेका छन् ।
मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना र ओमानबाट १४७ जना नेपाली बिहीबार बिहानै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
कुवेतबाट जजिरा, ओमानबाट सलाम एयरको चार्टर्ड उडान र मलेसियाबाट हिमालयन एयरको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश आइपुगेका हुन् ।
उनीहरु कुवेत सरकारले आममाफी दिएका नेपाली हुन् । कुबेत सरकारले नेपाली श्रमिकलाई आफैँले निःशुल्क रूपमा काठमाडौँसम्म ल्याइदिने व्यवस्था गरेअनुरूप उनीहरू आएका हुन् ।
यसअघि पनि चारवटा उडानमार्फत पाँच सय ९८ नेपाली स्वदेश फर्किसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।