लगानी बोर्डको सिइओ नियुक्तिको प्रक्रिया शुरु



सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको प्रक्रिया शुरु गरेको छ । 
प्रतिपस्र्धाका आधारमा रिक्त सीईओ पदपुर्ति गर्ने भन्दै सरकारले सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।
बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसँगै बोर्डको सीईओ पद रिक्त थियो ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम योग्यता पुगेकालाई १५दिन भित्र सिलबन्दी दरखास्त निवेदन पेश गर्न पदपुर्ति सिफारिस समितिले आग्रह गरेको छ ।
योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपुर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नु पर्ने बताइएको छ । 
प्राप्त निवेदनबाट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ  । मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।
 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १२:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया