चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसका लागि कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको जनाएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले काठमाडौंको चन्द्रगिरीमा केहि वर्ष यतादेखि केबलकार सञ्चालन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।