सुजुकी मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले ‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ प्रवद्र्धनमुखी योजना ल्याएको छ ।
कम्पनीले कोभिड–१९ को त्रास फैलिएको समयमा आफ्ना ग्राहकलाई सुविधा दिन यस्तो योजना ल्याएको जनाएको छ ।
योजनाअन्तर्गत सुजुकी ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ छुटका साथै एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध गराउने जनाइएको छ ।
कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालू अवस्थाका कुनै पनि बाइक एक्सचेन्ज गर्न सकिने तथा बाइक किन्दा फाइनान्सको सुविधा पनि रहेको जनाएको छ ।
योजना असार १ देखि ३१ सम्म देशभर लागू हुने कम्पनीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।