यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स योजना


नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । 
कम्पनीले ‘असहज परिस्थिति, सहज समाधान’ नामक योजना सुरु गरेको हो । 
योजनाअन्तर्गत ग्राहकले तीन वर्ष
अवघिका लागि शुन्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने  जनाइएको छ ।
 साथै, ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे  सवारीसाधन खरिद गर्न सक्ने कम्पनीको भनाइ छ । 
आफ्नो सबै उत्पादनमा १० हजार रुपैयाँ छुटको व्यवस्था पनि गरेको यामाहाले जनाएको छ । 
कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त रहेको र आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परेकाले नयाँ योजना ल्याएको यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले  वताए  ।
 उनका अनुसार सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको ले यो आवश्यकतालाई ध्यानमा राखेर नयाँ योजना ल्याइएको हो । 
यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको जनाएको छ । 
 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १४:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया