ओभरड्राफ्ट ऋणको सीमा बढाऊ : बैंकर्स संघ

बैंकर्स संघले ओभरड्राफ्ट ऋणको सीमा बढाउनेलगायत विभिन्न मागसमेटी मौद्रिक नीतिका लागि सुझाब पठाएको छ । 
संघले मौद्रिक नीतिका लागि सुझाब पठाउँदै कुल ऋणको १० प्रतिशतसम्म ओभरड्राफ्ट कर्जा दिन पाइने ब्यवस्थामा थप लचकता अपनाउन आग्रह छ ।
राष्ट्र बैंकले यसअघि ओभरड्राफ्टलाई १० प्रतिशतमा झारेको थियो ।  
संघले ओभरड्राफ्टलगायत ब्यक्तिगत वर्किङ क्यापिटल कर्जाको सीमा मौद्रिक नीतिमार्फत २० प्रतिशतले बढाउन भनेको हो ।
संघले साना तथा मझौला उद्यमीका लागि विशेष खालको नीतिको प्रस्तावसमेत गरेको छ । साना तथा मझौला उद्योगको विकासका लागि भेन्चर क्यापिटलको विकास आवश्यक रहेको संघको भनाय छ । 
यस्ता कम्पनीबाट साना तथा मझौला उद्योगहरुमा लगानी गर्ने पुँजी जुटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले यस्ता कम्पनीहरुले स्थापना गर्ने कोषको प्रबर्द्धक भइ काम गर्न सक्ने नीतिगत ब्यवस्था गर्नुपर्ने संघको भनाइ छ । 
यसमा म्युचुअल फण्डको मोडेलमा समेत काम गर्न सकिने संघको भनाइ छ ।
संघले आवासीय घर कर्जाको सीमासमेत बढाउन माग गरेको  छ । 
काठमाडौं उपत्यकाको हकमा लोन टु भ्यालु रेसियो बढीमा ‘मार्केट भ्यालु’ को ७० प्रतिशतसम्म हुनुपर्ने संघको माग छ । 
सेयर ब्रोकर लाइसेन्सका लागि पहल गरिदिनसमेत संघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १६:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया