मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं– सरकारले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले शुक्रबार ती निर्णय सार्वजनिक गरेका हुन् ।

मंगलबारको बैठकले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को सो बैठकले साना सिँचाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने एक करोड ७६ लाख स्विस फ्र्यांक बराबरको अनुदान सहायता स्वीकार गर्नेलगायत विभिन्न १५ वटा निर्णय गरेको छ ।

यी हुन् सरकारका १५ निर्णय





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १६:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया