नागरिकता विधेयकबारे नेकपाले आज निर्णय लिने

काठमाडौं– संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख नेताहरु बालुवाटारमा भेला भएका छन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नेताहरु छलफलमा सहभागी छन् । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत छलफलबारे जानकारी दिएका हुन् । 

अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साबिककै व्यवस्था गर्नुपर्ने अडान राखेको छ । बिहीबार प्रधानमन्त्रीले बोलाएको छmफलमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले सोही अडान दोहोर्याएका थिए । 

गत मंगलबार बसेको संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति शशि श्रेष्ठले विदेशबाट विवाह गरी आएका बुहारीको हकमा सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव पेस गरेकी थिइन् । गत भदौ २८ गतेपछि पहिलोपटक बसेको सो बैठकमा दलहरुबीच सहमति नजुटेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १७:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया