काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका नेताबीच शुक्रबार भएको छलफल नेपालमा चिनियाँ शैलीको शासन व्यवस्था लागू गर्ने प्रयत्नस्वरुप भएको आरोप नेपाली कांग्रेसका एक नेताले लगाएका छन् ।
नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ शैलीको शासन व्यवस्थाबारे प्रशिक्षण लिएको आरोप लगाएका हुन् ।
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको भर्चुअल कार्यशालाप्रति ट्विटमार्फत उनले आपत्ति जनाएका हुन् । उनले नेपालमा चिनियाँ शैलीको शासन व्यवस्था स्थापना गर्ने प्रयत्न गर्नु नेपालको संविधानको प्रतिकूल भएको बताएक छन् ।
सत्तासीन पार्टीले संविधान प्रतिकूल कार्य गर्न मिल्छ ? भन्ने प्रश्न गर्दै उनले सत्ता सञ्चालकले नै संविधानको पालना नगरेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।