एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बोलाइयो
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास कार्यालय बालुवाटारमा सचिवालय बैठक अहिले ९ बजे बस्ने भएको हो । अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न यो बैठक बस्न लागेको हो । 

यसअघि पनि बारम्बार एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बोलाइएको थियो । तर, दुई पटकसम्म प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा आएर बैठक स्थगित गरेका थिए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज ९ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

एमसिसीबारे नेकपाले अहिलेसम्म टुङ्गो नलगाउँदा संसदको यो अधिवेशनबाट एमसिसी अनुमोदन हुन पाएको छैन । तर, यसअघि भएको सम्झौताअनुसार एमसिसी गत असोजमा नै संसदबाट अनुमोदित भइसक्नु पर्ने थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधनमा एमसिसीबारे पढ्दै नपढेकाहरुले हल्लाको भरमा आलोचना गर्दै अगाडि बढेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले निकै पहिले देखि एमसिसीलाई पारित गराउन जोडबल गर्दै आएका छन् ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ७:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया