स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ ।
प्रतिस्पधात्मक खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए ।
बार्सिलोनाले सम्भावित गोलका नौंवटा आक्रमण बुनेको थियो । त्यस्तै, घरेलु टोली सेभिल्लाले ६ वटा आक्रमण गर्यो ।
जसमध्ये दुवै टोलीका खेलाडीले समान तीन–तीन प्रहार ‘अन टार्गेट’ गरेका थिए ।
यद्यपि, गोल भने निकाल्न सकेनन् र अंक बाड्न बाध्य भए ।
खेलको इनजुरी समयमा दुवै टोलीका खेलाडीबीच विवाद भएको थियो ।
बार्सिलोना र सेभिल्लाको बराबरीको नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई फाइदा पुगेको छ ।
बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियलको २९ खेलमा ६२ अंक रहेको छ ।
रियलले आइतबार रियल सोसिडाडविरुद्ध शतप्रतिशत नतिजा ल्याए अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ ।
सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।