पहिराेले अवरुद्ध बन्याे पाेखरा बागलुङ सडक

गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जाने बाटोबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन् ।  

अहिले पनि निरन्तर बर्षा भएका कारण सडकबाट पहिरो पन्छाउन कठिनाई भइरहेको जिल्ला प्रहरी प्रमुख बिश्वमणी अधिकारीले जानकारी दिए। ‘बर्षा नरोकिदा पहिरो पन्छाउन कठिनाई भइरहेको छ’ उनले भने–‘पहिरो पन्छाउनका लागि बर्षा रोकिने प्रतिक्षा गरिरहेका छौ ।’  

उनले पहिरो हटाउनका लागि डोजरसहितको ब्यवस्था तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। लकडाउनका कारण यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएपनि पहिरोले सडक अबरुद्ध भएपछि एम्बुलेन्स, दुध, तरकारीका सवारी साधन आवतजावत हुन नसक्दा समस्या भएको छ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ९:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया