काेराेना त्रासले जाजरकाेटका गाउँ सुनसान

कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् ।

जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन्। जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन्।  

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ। पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडिबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन्।

 यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिए। उनले भने, पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ। त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन्। गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने कृषकको भनाइ छ।  

भैँसीले हिमालको दाप (घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घ्यू बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घ्यू अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताए। तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जङ्गलमा घाँस बढ्ने मौका पाउने गर्दछ। यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ। 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ९:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया