भारत–चीनबीच झडप : घटना भएको चार दिनपछि अमेरिकाले दियो प्रतिक्रिया

भारतीय र चिनियाँ सेनाबीचको झडपको विषयमा अमेरिकाले प्रतिक्रिया दिएको छ ।

लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा यसै हप्ताको सोमबार राति झडप भएको थियो ।

उक्त झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए भने आफ्ना सेनाको अवस्थाको बारे चीनले कुनै जानकारी दिएको छैन ।

घटना भएको चार दिनपछि शुक्रबार मात्र अमेरिकाले यस विषयमा प्रक्रिया जनाएको हो ।

‘चीनसँगको संघर्षका क्रममा भारतीय सेना मारिएकोमा हामी दुःखी छौं र समवेदना प्रकट गर्न चाहन्छौं’, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका छन्, ‘शोकको समयमा सैनिकको परिवार, प्रियजन र समुदायको सम्झना गर्नेछौं ।’

यसअघि भारत र चीनबीचको तनाव बढ्नासाथ अमेरिकाले तत्काल प्रतिक्रिया जनाउने गथ्र्यो ।



गत ५ मेबाट भारत र चीनबीच तनाव सुरु भएको थियो । सो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालै दुई देशबीच मध्यस्थता गर्त अमेरिका तयार भएको बताएका थिए ।

अमेरिकाले यो पटक दिएको ढिलो प्रतिक्रियालाई यस क्षेत्रमा चीनको प्रभाव बढ्दै गएको विश्लेषण हुन थालेको छ । 



  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १४:३८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया