सेफ्टीको ‘स्कूल गर्ल’ बजारमा


विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने सरकारी अभियानलाई दृष्टिगत गर्दै सेफ्टीले सरकारी मापदण्ड अनुरुपको नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’ बजारमा ल्याएको छ ।
यो स्यानिटरी प्याडको लम्बाइ २४० मिमि, मोटाइ १३ मिमि र चौडाइ ६५ मिमि रहेको कम्पनीले जनाएको छ । 
पर्याप्त सोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन पनि भएको कम्पनीको भनाइ छ  ।
प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरमा आधारित रहेर उच्च मापदण्डको बनाइएको कम्पनीको दाबी छ ।


‘हामी यो नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हषिर्त एवम् गौरवान्वित पनि भएका छौं,’ स्कूल गर्ल स्यानिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भनिन्, ‘स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने सरकारी पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा हामीले गरेका छौं ।’ 
 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १७:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया