कोरोना प्रभावित व्यवसायीको उत्थानका लागि गण्डकी प्रदेशको ‘रक्षा कोष’


गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । 
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष ०७७÷७८ को बजेटमा उक्त कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेका थिए । 
कोषबाट कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारू गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताए ।
 स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवालाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन आवश्यक सीप, पुँजी र प्रविधि उपलब्ध गराउन १८ करोड ४२ लाख बजेट व्यवस्था गरिएको मन्त्री गुरुङले जानकारी दिए । 
कोरोना लक्षित हुने गरी संघ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालीम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि नौ करोड ८९ लाख बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए ।
गण्डकी सरकारले कृषितर्फ कोरोना लक्षित कार्यक्रम सञ्चालनका लागि १८ करोड ५० लाख र पर्यटनतर्फ दुई करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
 निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोनाको प्रभाव र असर न्यूनीकरण गर्न पूँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्ने गरी निरन्तरता दिइएको मन्त्री गुरुङले बताए । 
समग्र कोरोना लक्षित कार्यक्रमका लागि दुई अर्ब ९१ करोड ७६ लाख विनियोजन गरिएको उनले बताए ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १७:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया