गण्डकी प्रदेशमा थपिए १६ जना कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशका चार जिल्लामा आज १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले आज विहान सार्वजनिक गरेको विवरणअनुसार गण्डकीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५०४ पुगेको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार ७:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया