कोरोनाभाइरसका कारण नेपालमा मृत्यु हुनेकोे संख्या २३ पुग्यो

कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने मानिसको संख्या २३ पुगेको छ ।

गुल्मीमा होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि मृतकको कूल संख्यामा १ थपिएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले दिएको जानकारीअनुसार ती व्यक्ति बिहीबार साँझ नै मृत्यु भएको थियो । होम क्वारेन्टिनमै बसिरहेका वेला उनको मृत्यु भएको हो ।

यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १०:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया