सुनको मूल्य ९० हजार नाघ्यो



नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रति तोला ८९ हजार ८ सयमा कारोबार भएको सुन आइतबार ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । 
आइतबार बजार खुल्दा तोलाको ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

लक डाउनपछि गत आइतबार बजार खुल्दा महासंघले सुनको नयाँ मूल्य ८९ हजार ६ सय रुपैयाँ तोकेको थियो ।
बजार खुलेको एक सातामै सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बृद्धि भएको छ ।

चाँदीको मुल्य  आइतबार प्रति तोला ५ रुपैयाँले वृद्धि भई ९ सय ४० रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १३:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया