नागरिकता विधेयकविरुद्ध ‘नोटअफ डिसेन्ट’ लेख्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास गरे ’नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ । काग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान ९ बजे बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा कांग्रेसले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गर्ने र पेलेरै अघि बढ्न खोजे ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष समय अवधि राख्नुपर्ने निर्णय लिएपछि कांग्रेसले यस्तो निर्णय लिएको हो ।

नेकपाको निर्णयसँगै राज्य व्यवस्था तथा सुशासन समितिले आइतबारको बैठकमा सहमति नजुटे बहुमतका आधारमा विधेयकलाई प्रक्रियाबाट अगाडि बढाउने तयारी छ । राज्य व्यवस्था समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ ।

त्यसअघि दिउँसो १ बजे काँग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठकले पदाधिकारी बैठकको निर्णय अनुसार समितिका सदस्यलाई प्रस्तुत हुने निर्देशन दिने भएको छ ।
 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १३:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया