खाद्य कम्पनीले सुरु गर्यो उपत्यका भर खाद्यान्न डेलिभरी

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुनः इन्डक्सन चुलोको बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले शनिबारदेखि पुनः इन्डक्सन विक्री सुरु गरेको हो ।
काठमाडौं उपत्यकामा होम डेलिभरी सेवासँगै इन्डक्सनको विक्री सुरु गरिएको कम्पनीले जनाएको छ
बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुलोसँगै जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको घिउसमेत बिक्री थालेको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले चामल, गेडागुडीलगायत खाद्यन्न चक्रपथभित्र डेलिभरी तथा घुम्ती पसलबाट विक्री गर्दै आएको थियोे ।
 कम्पनीले सस्तो डिलसँगको सहकार्यमा उपत्यकाभर सेवा विस्तार गर्ने भएको हो ।
व्यापार साझेदारीका लागि सस्तोडिलसँग सम्झौता भएको कम्पनीले जनाएको छ ।

सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिने र अर्डर आएपछि कम्पनीको गोदामबाट सामान लगेर सस्तोडिलले डेलिभरी दिने बताइएको छ । 

उपभोक्ताको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको र लकडाउन अवधिभर सस्तो डिलले कुनै शुल्क नलिने सहमति भएको पनि कम्पनीले जनाएको छ ।


 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १३:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया