बूढानीलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकको सहयोग


सनराइज बैंकले बूढानीलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । 
शनिबार एक कार्यक्रमबीच बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।  
साथै, बैंकले  वेद विद्याश्रमलाई  पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेललगायत खाद्य सामग्रीसमेत हस्तान्तरण गरेको छ । 
संस्कृत भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण बारे शिक्षा प्रदान गर्दै आएको बूढानीलकण्ठ वेद विद्याश्रममा हाल ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । 


 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १४:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया