अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ड्रिमबेबी नेपालमा

 


बालबालिकाको सुरक्षाका निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबीका उत्पादन अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । 
 नेपालका लागि ‘ड्रिमबेबी’को आधिकारिक वितरक आइएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटिल स्माइलले कम्पनीका उत्पादन नेपालमा विक्री सुरु गरेको हो । 
‘ड्रिमबेबी’का सामान विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीको दाबी छ । 
ड्रिमबेबीका गेट, छेक्सिन, पोटी तालिमका सामान र खुवाउने सामग्री उपलब्ध छन् । 
 ब्रान्डले धेरै प्रिफरड च्वाइस अवार्ड, अवार्ड अफ एक्सलन्स, टप च्वाइस अवार्ड, प्रोडक्ट अफ द इअर अवार्ड, फ्यामली च्वाइस अवार्डलगायत  अवार्डसमेत अवार्डसमेत जितेको  छ ।


‘ड्रिमबेबी’का सामानहरू आइएमएस लिटिल स्माइलको सिटी सेन्टरस्थित शोरुममा उपलब्ध  हुने बताइएको छ । 
साथै स्मार्ट डोकोबाट अनलाइन डेलिभरी समेत लिन सकिने  बताइएको छ ।
ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनकिो दाबी छ ।
सो रुम सञ्चालनको अवसरमा ग्राहकलाई ड्रिमबेबीका सामानमा १० प्रतिशत छुट दिइने कम्पनीको भनाइ छ । 
साथै, ग्राहकले विशेष उपहारका रुपमा ५ हजार वा सोभन्दा बढीको सामान खरिदमा डाक्टर ब्राउनको ९ सय ८० मूल्यको ४ वटा पेसिफायरमध्ये शिशुको उमेर र मनपर्ने रङअनुसार एउटा पेसिफायर प्राप्त गर्न सक्नेछन् ।

‘नेपालमा ड्रिमबेबी​को वितरक बन्न पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भने,
‘अभिभावकको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामीले नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले ड्रिमबेबी​का उत्पादन नेपाली बजारमा ल्याएका हौं ।’





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १४:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया